सरकारको शासकीय सुधार खाकालाई ट्रान्सपरेन्सी नेपालकाे स्वागत

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकुमार शर्माले विज्ञप्ति जारी गर्दै शासकीय सुधारका १०० बुँदे कार्यसूचीलाई भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात भएको बताएका हुन् ।

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Transparency Nepal welcomes government's governance reform blueprint

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी खाकालाई स्वागत गरेकाे छ । ट्रान्सरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकुमार शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै शासकीय सुधारका १०० बुँदे कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुवात भएको बताएका हुन् ।

ट्रान्सपरेन्सीले शासकीय सुधारका कार्यसूचीलाई जनताको शुसासनको चाहनाअनुरुप आएको र करिब दुई तिहाइ बहुमत नवगठित सरकारले जनदेशको भावना र मागअनुरुप तथा वर्षौदेखि उठाइदै आएका सुशासनका विषय समेटिएकाे पनि उल्लेख गरेकाे छ । 'पहिलाे बैठकमै शुसासनतर्फ लान समयसीमासहितकाे बृहत कार्यसूची पारित गर्नुले सरकारले जनताकाे हित र शुसानप्रतिको प्रतिबद्धता देखाएकाे छ,' विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully