सन नेपाल इन्स्योरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ

धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई पुतलीसडकबाट पक्राउ गरिएको हो ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Sun Nepal Insurance CEO Rajkumar Aryal arrested

काठमाडौँ — सन नेपाल इन्स्योरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ परेका छन् ।  

धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अर्याललाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई काठमाडौं-२९ न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको एआईजी मनोज केसीले जानकारी दिए ।

कम्पनीले आफ्ना कर्मचारीहरुलाई छुट्याएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण/कागजात पेस गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सो को प्रतिलिपिहरूको विवरण फरक फरक निकायमा पेश गर्दा फरक फरक देखिएको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको देखिन आएको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई पक्राउ गरिएको एआईजी केसीले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully