सिर्जना मृत्यु घटना: निष्पक्ष छानबिन माग गर्दै आफन्तद्वारा प्रदर्शन

प्रहरी निकालेको विज्ञप्तिप्रति रुष्ट रहेका मृतकका आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालय गेटमा प्रदर्शन गरेका हुन् l

चैत्र १६, २०८२

रूपा गहतराज

Srijana's death incident: Relatives protest demanding fair investigation

What you should know

नेपालगञ्ज — बाँकेको नेपालगन्ज कोरियनपुरमा जलेको अवस्थामा भेटिएकी २२ वर्षीया सिर्जना बुढा मगर (गीता)का आफन्तले प्रहरीको भनाइमा असन्तुष्टि जनाउँदै जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन्।

आइतबार बिहान जलेको अवस्थामा सडकमा भेटिएकी २२ वर्षीया सिर्जना मगरलाई प्रहरीले उद्धार गरेर अस्पताल लैजाँदा मृत्यु भइसकेको थियो l प्रहरी निकालेको विज्ञप्तिप्रति रुष्ट रहेका मृतकका आफन्तले सोमबार चक्काजाम गरेर  जिल्ला प्रहरी कार्यालय गेटमा पुगेर प्रदर्शन गरेका हुन् l प्रहरीले पीडकलाई राहत दिएको उनीहरुको आरोप छ l

प्रहरीका अनुसार शनिबार राति करिब ११ः३५ बजे कोरियनपुरस्थित सडकमा एक महिलाले आगो लगाएर जलेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । घाइते महिलालाई तत्काल उद्धार गरी भेरी अस्पताल पुर्‍याइएकामा उपचारकै क्रममा आइतबार बिहान ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन। घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको जनाएको छ ।

मृतक युवतीकी तीन वर्षकी छोरीसमेत छन् । पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी उनी केही वर्षदेखि स्थानीय युवा २४ वर्षीय मो. आरिफ ढपालीसँग प्रेममा थिइन् । मृतक सिर्जनाले चैत १३ मा आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा खबर गरेपछि सोही दिन राति आरिफ ढपालीलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका ढपालीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी चैत १४ मा मिलेर बस्ने सहमति गराई छोडिएको थियो । तर, भोलिपल्ट नै सिर्जना जलेको अवस्थामा भेटिएकी हुन् । 

रूपा

Link copied successfully