सम्पत्ति शद्धीकरण कसुरमा समातिएका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

अदालतबाट ७ दिन म्याद लिएपछि उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेका उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । पक्राउ गरेपछि उनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग बुझाइएको सीआईबीका एआईजी मनोज केसीले बताए ।

विभागका एक अधिकृतका अनुसार थप अनुसन्धानका लागि हिरासतमा राख्न स्वास्थ्य जाँचपछि खड्कालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गराइएको हो ।

विभागका निर्देशक जितेन्द्र अधिकारीले अदालतबाट ७ दिन म्याद लिएपछि थप अनुसन्धान भइरहेको बताए । उनले भने, 'हामीसँग हिरासत नभएकाले प्रहरी कहाँ बुझाएका थियौं ।'

विभागले यसबारे थप अनुसन्धान गरिरहेको छ, सीआईबीले प्राविधिक जाँचका लागि सहयोग गर्नेछ । 

कान्तिपुर

Link copied successfully