एमाले नेता महेश बस्नेतलाई अदालतले दिएन पक्राउ अनुमति

प्रहरीले सोमबार अदालतमा एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ गर्न अनुमति माग गरेको थियो ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Court denies arrest warrant for UML leader Mahesh Basnet

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ अनुमति दिन अस्वीकार गरेको छ । प्रहरीले सोमबार अदालतमा नेता बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका अनुसार उनलाई पक्राउ गर्न पुर्जी माग गरिएको थियो तर दिन नपर्ने निर्णय भएको हो ।

बस्नेतविरुद्ध २५ चैत २०८० मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । तर सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो । 

कान्तिपुर

Link copied successfully