महेश बस्नेतविरुद्ध उजुरी दिने पाठक फेरि प्रहरीकहाँ पुगिन्, के भन्छन् अनुसन्धान अधिकारी ? 

पाठकले ओली सरकारमा रहेका बेला आफूलाई अन्याय भएको बताउँदै आएकी छन् । र, नयाँ सरकार गठनपछि आइतबार फेरि प्रहरी कार्यालय पुगेकी थिइन् ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Pathak, who filed a complaint against Mahesh Basnet, went to the police again, what do the investigating officers say?

काठमाडौँ — एमाले नेता महेश बस्नेतविरुद्ध जाहेरी दिने शोभा पाठक फेरि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेकी छन् । 

बस्नेतविरुद्ध २५ चैत २०८० मै जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । तर सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो । 

पाठकले ओली सरकारमा रहेका बेला आफूलाई अन्याय भएको बताउँदै आएकी छन् । र, नयाँ सरकार गठनपछि आइतबार फेरि प्रहरी कार्यालय पुगेकी थिइन् । 

प्रहरीले पुरानै मुद्दाबारे जानकारी गराउँदै अदालतबाट यो विषय टुंगिनुपर्ने बताएको छ । काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार, सरकारी वकिलको निर्णयविरुद्ध पाठकले उच्च अदालतमा निवेदन दिएकी छन् । त्यो निवेदन टुंगो लागेपछि मात्र प्रक्रिया अघि बढाउने विषयमा प्रहरीले केही गर्नसक्छ ।

यसपछि पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् ।

कान्तिपुर

Link copied successfully