ओली–लेखक पक्राउ : म्याद थप बहस सुरु, ओली ‘भिडियो कल’मा 

लेखकलाई आइतबार बिहानै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने ओलीलाई स्वास्थ्य अवस्थाका कारण भर्चुअल माध्यमबाट ‘भिडियो कल’मा इजलाससमक्ष उपस्थित गराइएको छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Oli-Author Arrest: Debate on extension of time begins, Oli on 'video call'

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको घटनासँग सम्बन्धित घटनामा पक्राउ परेका दुवै जनाको म्याद थपको बहस सुरु भएको हो । गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदनका आधारमा ओली र लेखकलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएको थियो ।

लेखकलाई आइतबार बिहानै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने ओलीलाई स्वास्थ्य अवस्थाका कारण भर्चुअल माध्यमबाट ‘भिडियो कल’मा इजलाससमक्ष उपस्थित गराइएको छ । 

उनीहरुको म्याद थपको पेसी जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ । ओली र लेखकलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्नुपर्ने सरकारी पक्षको माग छ । 

दुवै बन्दीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता तथा सांसद खम्मबहादुर खाती र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरिसकेका छन् । यस्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, गोपालकृष्ण घिमिरे र शेरबहादुर केसी लगायतले बहस गर्ने भनी नाम टिपाएका छन् ।

कान्तिपुर

Link copied successfully