कानुनमन्त्री गौतमलाई सर्वोच्च अदालतमा स्वागत 

नेपालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरूले मन्त्री गौतमलाई आइतबार सर्वोच्च अदालतमा स्वागत गरेका हुन् ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Law Minister Gautam welcomed to Supreme Court

काठमाडौँ — नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई सर्वोच्च अदालतमा स्वागत गरिएको छ ।

नेपालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरूले मन्त्री गौतमलाई आइतबार सर्वोच्च अदालतमा स्वागत गरेका हुन् । 

गौतम शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएकी थिइन् । उनलाई सर्वोच्च अदालतले आइतबार स्वागत गरेको हो । प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषद्को सदस्य कानुनमन्त्री हुने गर्छ ।

Law Minister Gautam welcomed to Supreme Court

सम्बन्धित समाचार :

कान्तिपुर

Link copied successfully