ओली र लेखक दुवैका तर्फबाट दर्ता भयो बन्दीप्रत्यक्षीकरणको निवेदन 

सोमबारका लागि तोकियो पेशी

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

A petition for habeas corpus was filed on behalf of both Oli and the author.

काठमाडौँ — जेन-जी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएकाले तत्काल रिहाई गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन पेस भएको छ ।  

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी हुन् । रिटमाथिको सुनुवाइ सोमबार हुने सर्वोच्च प्रशासनले जनाएको छ । 

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र  तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो । 

उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो ।

कान्तिपुर

Link copied successfully