दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी विरदत्त पन्तका अनुसार बस र ट्रक भिरमा खसेका हुन् । बस करिब २ सय मिटर र पिकअप भ्यान १ सय मिटर तल खसेको थियो ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Three killed, 15 injured as truck hits bus and pickup van in Daunne

काठमाडौँ — पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेस्थित घिउ खोलामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

राती करिब १ बजे बर्दघाट नगरपालिका–४ स्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी विरदत्त पन्तका अनुसार बस र ट्रक भिरमा खसेका हुन् । बस करिब २ सय मिटर र पिकअप भ्यान १ सय मिटर तल खसेको थियो । 

घटनापछि प्रहरी, सेना र सशस्त्र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेमध्ये जिल्ला अस्पताल परासीमा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये रोल्पा बागमाराअका गोविन बुढाको सनाखत भएको र दुई जनाको  सनाखत हुन सकेको छैन । घाइतेहरुको लुम्बिनी सिटी अस्पताल रुपन्देही र जिल्लाका स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

कान्तिपुर

Link copied successfully