उनलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य जाँचका लागि भन्दै जिल्ला प्रहरी परिसर, भद्रकालीबाट निकालिएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगेर स्वास्थ्य परीक्षण गराउने प्रहरी तयारी छ । कुनै कसुरमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राख्नुअघि प्रहरीले स्वास्थ्य जाँच गराउने गर्छ ।
उनलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
शनिबार बिहानै ओलीलाई प्रहरीले गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री रमेश लेखकसमेत पक्राउ परेका छन् । उनलाई अहिले भद्रकालीमै राखिएको छ ।