पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

सूर्यविनायकस्थित निवासबाट उनी पक्राउ परेका हुन् ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Former Home Minister Ramesh Lekhak arrested

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।

 भक्तपुरकाे सूर्यविनायकस्थित घरबाट उनलाई पक्राउ गरिएको उनका निजी सचिव जनक भट्टले जानकारी दिएका छन्। उनलाई पक्राउ गर्न बिहान ५ बजे नै प्रहरी निवासमा पुगेका थिए।

पूर्वगृहमन्त्री लेखकलाई पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन–जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ।

गृहको किटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राति नै गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधानकार्यालय पुगेका थिए।

कान्तिपुर

Link copied successfully