लप्चीमा सकुशल भेटियो सम्पर्कविहीन हेलिकप्टर

खराब मौसमका कारण उक्त हेलिकप्टर लप्ची गुम्बानजिकैको चौरमा अवतरण भएको अवस्थामा भेटिएको दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।

चैत्र १३, २०८२

केदार शिवाकोटी

Unidentified helicopter found safely in Lapchi

दोलखा — शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन बनेको मुस्ताङ एयरको हेलिकप्टर लप्चीमा सकुशल भेटिएको छ ।

खराब मौसमका कारण उक्त हेलिकप्टर लप्ची गुम्बानजिकैको चौरमा अवतरण भएको अवस्थामा भेटिएको दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए । त्यस क्षेत्रको मौसम खराबीका कारण लप्चीमा आकस्मिक अवतरण गरिएको अवस्थामा हेलिकप्टर भेटिएको उनले बताए । 

काठमाडौंबाट जलविद्युत आयोजनाका कर्मचारी लिएर आएको मुस्ताङ एयरको हेलिकप्टर चरिकोटको मौसम खराब भएपछि यहाँ अवतरण नगरी सिधैं लप्ची क्षेत्र गएको खुलेको छ । निशेधित क्षेत्र भएका कारण जिल्ला प्रशासन कार्यालय दोलखाले खटाएका एक प्रतिनिधि लिएर मात्रै त्यस क्षेत्र जान पाइन्छ ।

खराब मौसमका कारण हेलिकप्टर सिधैं लप्ची क्षेत्रमा गएको सहायक प्रमुख जिल्ला अधिकारी औलोखबहादुर आलेले बताए । लप्ची क्षेत्र गएको हेलिकप्टर निमार्णाधीन ५१ मेगावाटको माथिल्लो लप्ची जलविद्युत आयोजनाको पावरहाउस भएको हुर्कुम भन्ने स्थानमा अवतरण भएको स्थानीय कर्मावाईसर शेर्पाले बताए ।

उक्त क्षेत्रमा खाना खाएपछि मौसम बिग्रिन लाग्दा हेलिकप्टर त्यहाँबाट उडेको थियो । त्यसपछि हेलिकप्टर सम्पर्कविहीन बनेको थियो ।  

केदार

Link copied successfully