रोशीको बाढीमा फसेका यात्रुको उद्धार गरिँदै

वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका- ७ स्थित चौकीडाँडामा शुक्रबार राति करिब ८:३० बजेतिर रोशी खोलाको बाढीमा इको भ्यान फसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । गाडीमा सवार ७ यात्रु सकुशल रहेको कार्यालयले जनाएकाे छ ।

चैत्र १३, २०८२

ज्योती श्रेष्ठ

काभ्रेपलाञ्चोक — वीपी राजमार्ग हुँदै यात्रा गरेका यात्रुहरू रोशी खोलामा आएको बाढीमा फसेका छन् ।

राजमार्गअन्तर्गत रोशी गाउँपालिका- ७ स्थित चौकीडाँडामा शुक्रबार राति करिब ८:३० बजेतिर रोशी खोलाको बाढीमा इको भ्यान फसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको भ्यान रोशी गाउँपालिका-७ स्थित चौकी डाँडामा फसेको जानकारी प्राप्त भएको छ । गाडीमा सवार ७ यात्रुहरु सकुशल रहेको उनले बताए ।

उनीहरूको उद्धार भइरहेको उनको भनाइ छ । उनीहरूलाई जिल्ला प्रहरी, सशस्त्र प्रहरी, जिल्ला ट्राफिक प्रहरीको टोलीले उद्धार गरिरहेको उनले जानकारी दिए ।

बीपी राजमार्गमा यातायात अवरुद्ध

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully