सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको उनले बताए । हावाहुरी र वर्षा भइरहेकाले पहिरो पन्छ्याउन कठिनाइ भइरहेको उनले जानकारी दिए ।
काभ्रे — वर्षात्का कारण बीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडक खण्डअन्तर्गत जिल्लाको रोशी गाउँपालिकाका बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटारमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । उनका अनुसार, कतै लेदोसहितको पहिरो, बाढी (खहरेखोलामा पानीको बहाब उच्च) भएकाले राजमार्गमा यातायात अवरुद्ध भएको हो ।
सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको उनले बताए । हावाहुरी र वर्षा भइरहेकाले पहिरो पन्छ्याउन कठिनाइ भइरहेको उनले जानकारी दिए ।
बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएपश्चात् सवारी साधनलाई मंगलटार र भकुण्डेमा होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।