जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगले सिफारिस गरेको प्रतिवेदन अनुसार सुरक्षा निकायको हकमा थप अध्ययन गरी त्यसले सिफारिस गरे अनुसार र बाँकीको हकमा तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Government's decision to implement the Commission of Inquiry report

काठमाडौँ — नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । जस अनुसार आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार सुरक्षा निकायको हकमा थप अध्ययन समिति गठन गरी त्यसले भने अनुसार र बाँकीको हकमा तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्‌ले सरकारको प्रवक्तमा शिक्षा विज्ञान तथा प्रविधि सस्मित पोखरेललाई तोकेको छ । यस्तै, जेन-जी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

कान्तिपुर

Link copied successfully