प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सविता भण्डारीले केहीबेर अघि राजीनामा बुझाएकी हुन् ।
काठमाडौं — महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि राजीनामा बुझाएकी हुन् ।
भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले २९ भदौमा महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिएका थिए ।
नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिएकी हुन् । सरकार परिवर्तन भएसँगै महान्यायाधीवक्ताले राजीनामा दिने परम्पराअनुसार भण्डारीले राजीनामा दिएकी हुन् । सरकारको कानुन सल्लाहकारको रुपमा उनी केही विवादमा मुछिइन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।
