बालेनले देब्रे छातीमा लगाएको सिलाम साक्मा के हो ?

सिलाम साक्मा लगाउँदा अकालमा मृत्यु नहुने, घरमा यसको प्रतिमा राख्दा प्राकृतिक विपत्तिबाट जोगिने विश्वास छ ।

चैत्र १२, २०८२

लक्ष्मी गौतम

What is the seal that Balen wears on his left chest?

What you should know

पाँचथर — राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) सांसदको शपथ कार्यक्रममा दौरा-सुरुवाल, कालो टोपी र कोटसहित पुगे । देब्रे छातीमा उनले सिलाम साक्मा पनि लगाएका थिए ।

सिलाम साक्मा लिम्बू समुदायको मौलिक र सांस्कृतिक विम्ब हो । यो समुदायले सिलाम साक्मालाई सुरक्षा कवचका रुपमा लिने गर्छ । सिलाम साक्माको इतिहास ठूलो विपत्‌बाट जोगाएको एक मिथकसँग जोडिएको छ । 

लिम्बू भाषामा ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु हो । समग्रमा सिलाम साक्मा भनेको मृत्युको बाटो छेक्नु हो ।

पहिलेपहिले घुङरिङ बाँस प्रजातिको बुट्यानबाट बनाइन्थ्यो । पछिल्लो समय धागो प्रयोग गरेर सिलाम साक्मा बनाउन थालिएको हो । यसमा कालोबाहेक निलो, खैरो, सेतो, रातो, पहेँलो, हरियो रङ प्रयोग गरिन्छ ।

What is the seal that Balen wears on his left chest?

सौर्य मण्डलमा रहेका बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरी आठवटा ग्रहको प्रतीकका रुपमा सिलाम साक्मा बुन्न आठै रङ प्रयोग गरिने मुन्धुमका जानकार हर्क केरुङ बताँउछन् । पहिले मुन्धुमी रुपमा प्रयोग हुने सिलाम साक्मा अहिले फेसनका रुपमा पनि प्रयोग हुन थालेको छ । विशेषतः कोशी प्रदेशमा पछिल्लो समय सार्वजनिक कार्यक्रममा अतिथिलाई खादा र ब्याचको साटो सिलाम साक्मा नै लगाएर स्वागत सत्कार गर्न थालिएको छ ।

लिम्बू बाहुल्य कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, मोरङ, सुनसरी र धनकुटामा सिलाम साक्माको उपयोग धेरै हुन्छ ।

सिलाम साक्मा देब्रे छातीमा लगाइन्छ । छातीमा सिलाम साक्मा लगााउदा मान्छेको अकालमा मृत्यु हुँदैन, घरमा सिलाम साक्माको प्रतिमा राख्दा प्राकृतिक विपत्तिबाट जोगिन्छ  भन्ने विश्वास छ ।

मानिस जीवित रहे नरहेको संकेत मुटुले नै गर्छ । त्यही भएर सिलाम साक्मा मुटुको सुरक्षा कवचका रुपमा देब्रे छातीमै लगाइन्छ ।मृत्यु छेकिने, महामारीबाट जोगिने विश्वासअनुसार यसको प्रयोग गर्न थालिएको हो ।

What is the seal that Balen wears on his left chest?

अहिले कोशीमा मात्रै होइन सिलामा साक्माले संसारभर यात्रा गरेको छ । लिम्बू समुदायको बसोवास रहेको काठमाडौं उपत्यका हुँदै यसको विस्तार बेलायत, हङकङ, सिंगापुर, अमेरिका लगायतका देशसम्म भएको छ । जहाँका सार्वजनिक कार्यक्रममा यसको प्रयोग हुन्छ ।

किराँत याक्थुङ चुम्लुङसँगै लिम्बू विभिन्न संघसंस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अतिथिलाई दिइने मायाको चिनोमा समेत सिलाम साक्माको आकृति फ्रेममा सजाएर दिन थालिएको छ ।

बालेनसँग सिलाम साक्मा साइनो 

स्वतन्त्र चुनाव लडेर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन (उनी पनि स्वतन्त्र निर्वाचित हुन्) लाई २०७९ चैत १५ गते काठमाडौंमा पहिलोपटक भेट गरे । त्यसबेला उनले सिलाम साक्मा लगाइदिँदै आत्मीयता साटेका थिए ।

What is the seal that Balen wears on his left chest?

बालेन निकट स्रोतका अनुसार उनले पहिलोपटक हर्ककै हातबाट सिलाम साक्मा लगाएका हुन् । यो आत्मीयता दुईबीच सुरुमा गहिरो मित्रतामा परिणत भयो । तर पछिल्लोपटक त्यो सौहार्दता घटेको छ । सामाजिक सञ्जालमा उनीहरुबीच घोचपेच भइरहन्छ । संयोगवश उनीहरु दुवै यसपटक फरक दलबाट सांसद चुनिएका छन् । बालेन रास्वपाबाट, हर्क श्रम संस्कृति पार्टीबाट ।

आजको शपथ ग्रहणमा हर्कलगायत केही सांसदले पनि सिलाम साक्मा लगाएका थिए ।

सिलाम साक्माको मिथक

इतिहासविद् एवं याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगूका अनुसार सिलाम साक्मा प्रयोगको सुरुवात एक दन्त्य कथासँग जोडिन्छ । छैटौं शताब्दी पूर्वमा सावा येत्हाङ (आठ राजाहरु) को गाउँमा महामारी फैलियो । धेरै उपाय लगाएर प्रयास गर्दा पनि नियन्त्रण भएन । महामारीका कारण धेरै मानिस मरे । तीमध्ये केतिन्हाङ्बा र केतिन्हाङमा छोराछोरीहरू धेरै मरे ।

ती दम्पतीलाई आफ्नो वंशको पीर भयो । महामारीबाट बच्ने उपायका लागि आशाका साथ उनीहरु सोधुङगेन लेप्मुहाङकहाँ पुगे । उनीहरूले महामारीबाट बच्ने र बचाउने तरिका सोधे । लेप्मुहाङले उनीहरूको बिन्ती सुनेपछि शुभ दिन पारी फेन्जिरी फेन्दसाम्ब र उनका चेला फेन्जिहाङ्बा फेदाङ्बालाई पठाउने बचन दिएर घर फर्काए ।

What is the seal that Balen wears on his left chest?

केहि दिनपछि केतिन्हाङ्बा र केतिन्हाङमाकहाँ फेन्दसाम्ब र उनका चेला फेन्जिहाङ्बा आए । डन्डी खुर्केर दुवै छेउमा फुर्को निकाले र दुवै डण्डीलाई जोडेर मेरिहेम्बाङ खि ? (धागो) ले ९ फन्को बाँ धेर सिलाम साक्माको आविष्कार गरे । उनीहरूले सिलाम साक्मालाई चुलामाथि (काल्लाङ) मुन्धुमको मन्त्र जपी गाडिदिए । 

त्यसपछि चुलोमा आएर मुन्धुमको मन्त्र जपी सिलाम साक्मा गाडिदिए । त्यसपछि महामारी रोकियो । मान्छे मर्न छाडे ।

त्यसबेलादेखि सिलाम साक्मा आर्थत् मृत्युको बाटो छेक्ने मन्त्र जपित त्यस साधनलाई अनुष्ठान (तङसिङ ) हरूमा प्रयोग गर्न थालिएको हो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully