बारले बोलायो आकस्मिक बैठक

नेपाल बारले केन्द्रीय सल्लाहकार समिति र पदाधिकारीको आकस्मिक बैठक आह्वान गरेको छ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

The bar called an emergency meeting.

काठमाडौँ —  कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बारले केन्द्रीय सल्लाहकार समिति र पदाधिकारीको  आकस्मिक बैठक आह्वान गरेको छ। 

बारका महासचिव केदार कोइरालाका अनुसार यी दुई समितिको संयुक्त बैठक दिउँसो साढे एक बजे बस्ने छ। बैकठकमा न्यायपालिकाको नियुुक्ति लगायतका विषयमा छलफल हुने छ। 

त्यस्तै बारको संवैधानिक समितिको बैठक पनि आजै बस्नेगरि बोलाइएको छ। टिकाराम भट्टराई नेतृत्वको समितिको बैठक दिउँसो ४ बजे बस्ने छ। 

बैठकमा न्यायपालिकाको नियुुक्ति र बुधबार मिडियामार्फत सार्वजनिक भएको भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि पनि छलफल हुने छ। 

कान्तिपुर

Link copied successfully