६ महिना ६ दिनमा बिदा भए उद्योगमन्त्री अनिलकुमार  सिन्हा  

पछिल्लो समय उनले चारवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

Industry Minister Anil Kumar Sinha takes leave for 6 months and 6 days

काठमाडौं — २१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि नयाँ सरकार बन्ने क्रम सुरु भएसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा मन्त्रालयबाट आज बिदा भएका छन् ।  

बुधबार मन्त्रालय गएका सिन्हालाई सचिवालयका कर्मचारीले बिदाइ गरेका हुन् । सिन्हाले सरकारमा ६ महिना ६ दिन बिताए ।   

सिन्हाले आफ्नो जिम्मेवारीको काम सफलतापूर्वक सम्पन्न गरेर बिदाइ भएका उनका स्ककीय सचिव रञ्चनकुमार मिश्रले बताए । 

सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै कानुन तथा संसदीय मामिला र संस्कृति तथा पर्यटन मन्त्रालय र पछिल्लो समय उर्जा मन्त्रालयको पनि  जिम्मेवारीसमेत सम्हालेका थिए। 

गएको २७ भदौमा प्रधानमन्त्री सुशीला कार्की नियुक्त भएसँगै सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका सिन्हा मन्त्री बनेका थिए ।  

सुरुमा सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । पछि कुमार इङ्नाम भूमिमन्त्री बनेपछि सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी थप गरिएको थियो।  

पछिल्लो समय उनले चारवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

कान्तिपुर

Link copied successfully