विमानस्थलमा साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ

सोमबार बैंककबाट थाई एयरमार्फत काठमाडौं आएका यात्रुमाथि शंका लागेपछि जाँच गर्ने क्रममा गाँजा भेटिएको थियो ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Thai citizen arrested with 3.5 kg of marijuana at airport

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ३ केजी ४३५ ग्राम गाँजासहित एक थाई नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय योङ्हुट थुइवन हुन् । 

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता ढुण्डीराज नेउपानेका अनुसार, सोमबार बैंककबाट थाई एयरमार्फत काठमाडौं आएका यात्रुमाथि शंका लागेपछि जाँच गर्ने क्रममा गाँजा भेटिएको थियो । 

‘सुटकेसभित्र लुकाएर लैजान लागेको अवस्थामा आगमनको टनेल गेटबाट नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘थप कारबाहीका लागि उनलाई लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको छ ।’

कान्तिपुर

Link copied successfully