रहेनन् अर्थविद् केशव आचार्य

७२ वर्षीय आचार्यको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Economist Keshav Acharya is no more

काठमाडौँ — वरिष्ठ अर्थविद् केशव आचार्यको निधन भएको छ । ७२ वर्षीय आचार्यको सोमबार बिहान ९:५५ मा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान चाबहिलस्थित मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । त्यसपछि थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो ।

आचार्यले नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा समेत उनले काम गरेका थिए ।

कान्तिपुर

Link copied successfully