पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: साढे दुई लाख धरौटीमा छुटे पूर्वमन्त्री आचार्य 

सोमबार विशेष अदालतमा उपस्थित भएका एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्य आजै धरौटी बुझाएर रिहा भएका हुन् ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Pokhara Airport corruption case: Former Minister Acharya released on bail of Rs 250,000

काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेकाे भन्दै भ्रष्टाचार मुद्दा लागेका एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर छुटेका छन् ।

सोमबार विशेष अदालतमा उपस्थित भएका उनी धरौटी बुझाएर रिहा भएका हुन् । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाशले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको थियाे । 

आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले  बताए । 

आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक बढाएर अनियमितता भएको अख्तियारको दाबी छ । अख्तियारले उनीलगायतका व्यक्तिहरूलाई गत २१ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

कान्तिपुर

Link copied successfully