जिल्ला अदालत, काठमाडौंमा २४ जनालाई फरार अभियुक्त बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
काठमाडौँ — बिमा रकम हत्याउन पर्यटकको नक्कली उद्धार उडान गरेको घटनामा ३३ जनाविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, काठमाडौंमा २४ जनालाई फरार अभियुक्त बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका मुद्दा दर्ता भएको सरकारी वकिलका एक अधिकारीले बताए ।
प्रहरीले यो घटनामा ९४ करोड ८४ लाख ९७ हजार ३ सय ९७ हजार नेपाली रुपैयाँ बिगो मागदाबी गर्दै रायसहितको प्रतिवेदन बुझाएको थियो । विदेशी नागरिकको समेत जाहेरी लिएको प्रहरीले २९ लाख ९८ हजार ८ सय २३ अमेरिकी डलर र १४ हजार ५ सय युरो पनि छुट्टै बिगो दाबी गरेको छ ।
ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, हेलिकोप्टर कम्पनी, बिमा कम्पनीका स्थानीय एजेन्ट र गाइडको मिलेमतोमा यो अपराध हुँदै आएको अनुसन्धानबाट देखिएको थियो ।
