इँटाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको छ ।
काठमाडौँ — ललितपुरको हरिसिद्धिमा इँटाभट्टाको पर्खाल भत्किँदा १ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
आइतबार बिहान १०:१० बजेतिर होसना इँटाभट्टाको पर्खाल भत्किएको हो ।
पर्खाल भत्किँदा ५ जना श्रमिक च्यापिएका थिए भने १ जनाको उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।
इँटाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो । प्रहरीका अनुसार मेडिसिटी अस्पतालमा उपचारका क्रममा साढे १० बजेतिर उनको मृत्यु भएको एसपी गौतमले बताए ।
