कुवेत र साउदीस्थित नेपाली दूतावासको सहजीकरणमा ती श्रमिक बहराइन पुगेका हुन्
काठमाडौँ — अमेरिका–इरान युद्धका कारण कुवेत ट्रान्जिटमा रोकिएका २१ दिनपछि ३३ जना नेपाली श्रमिक शनिबार बहराइन पुगेका छन् । कुवेत र साउदीस्थित नेपाली दूतावासको सहजीकरणमा ती श्रमिक बहराइन पुगेका हुन् । जसमा ७ जना महिला रहेका छन् ।
रियादस्थित नेपाली दूतावासले साउदी सरकारसँग समन्वय गरी साउदीको भिसा जारी भएपछि कुवेतमा रहेका नेपाली दूतावासले स्थलमार्ग हुँदै बहराइन पुगेको हो ।
कुवेतबाट साउदी हुँदै बहराइन जान झन्डै पाँच सय ५० किलोमिटर पार गर्नुपर्छ । उनीहरू अधिकांश म्याकडोनाल्ड कम्पनीमा काम गर्न पठाइएको हो ।
गत फेब्रुअरी २८ देखि कुवेत विमानस्थल बन्द छ । कुवेतमा रोकिएका ती श्रमिकलाई होटलमा राखिएको थियो । गैरआवासीय नेपाली संघ, कुवेतले खानाको प्रबन्ध गरेको थियो ।
