खराब मौसमका कारण निगमको दिल्ली उड्नै लागेको विमान फर्कियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम सुधार भएपछि मात्र उडान पुनः सञ्चालन गरिनेछ ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

A company plane bound for Delhi was turned back due to bad weather.

काठमाडौँ — काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उडान भर्ने क्रममा रहेको नेपाल वायुसेवा निगमको जहाज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पुनः एप्रोनमा फर्काइएको छ ।

विमानस्थलबाट प्राप्त जानकारी अनुसार, उक्त उडानमा करिब १४० यात्रु थिए र जहाजको निर्धारित उडान समय पौने २ बजे तोकिएको थियो । तर, खराब मौसमका कारण उडान ढिलाइ भयो र जहाज साँझ करिब ५ बजे मात्र उड्ने तयारीमा थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाए अनुसार उड्डयन सुरक्षा प्राथमिकतामा राख्दै निगमका चालक दलले जहाजलाई अन्ततः एप्रोनको पाकिङ क्षेत्रमा फिर्ता ल्याएका छन् ।

विमानस्थलका अनुसार मौसम सुधार भएपछि मात्र उडानको पुनः सञ्चालन गरिनेछ ।

कान्तिपुर

Link copied successfully