संघीय संसद् सचिवालयले नयाँ जनादेशअनुरुप राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिसँग बिहीबार छलफलपछि सांसदहरुको शपथको मिति तय गरेको हो ।
काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण यही चैत १२ गते हुने भएको छ । संघीय संसद् सचिवालयले नयाँ जनादेशअनुरुप राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिसँग बिहीबार छलफलपछि सांसदहरुको शपथको मिति तय गरेको हो ।
सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले चैत १२ गते दिउँसो २ बजे सांसदहरुको शपथ हुने कान्तिपुरलाई बताए ।
नेपाल कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले संघीय संसद् सचिवालयले नयाँ जनादेशअनुरुप राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिसँग नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको शपथग्रहण यही चैत १२ गते गर्नेलगायतका विषयमा छलफल गरेको जानकारी दिए ।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट ६ पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । यस पटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति, राप्रपाबाट संसद्मा प्रतिनिधित्व हुँदैछन् । सँगै एक स्वतन्त्र सांसद पनि रहने छन् ।
निर्वाचन आयोगले अन्तिम परिणामसहितको निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
