अर्थविद् केशव आचार्य अस्वस्थ

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

Economist Keshav Acharya unwell

काठमाडौँ — स्वास्थ्यमा समस्या देखिएपछि अर्थविद् केशव आचार्यलाई अस्पतालमा भर्ना गरिएको छ । 

मंगलबार बिहान स्वास्थ्यमा समस्या आएपछि ७२ वर्षीय उनलाई चाबहिलस्थित मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । त्यसपछि थप उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको हो । 

हाल उनको उपचार भइरहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

आचार्यले नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय काम गरेका थिए । साथै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत उनले काम गरेका थिए ।

कान्तिपुर

Link copied successfully