गैरआवासीय नेपालीको नयाँ नेतृत्व चयन हुँदै

एनआरएनएको अध्यक्षमा बेलायतका हेमराज शर्मा र अमेरिका रवीन बर्ज्राचाबीच प्रतिस्पर्धा हुँदैछ ।     

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

New leadership of Non-Resident Nepalis being selected

काठमाडौँ — गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन हुने भएको छ । एनआरएनएको अध्यक्षमा बेलायतका हेमराज शर्मा र अमेरिका रवीन बर्ज्राचाबीच प्रतिस्पर्धा हुँदैछ ।     

गैरआवासीय नेपाली विश्व सम्मेलन एवं १२ औं अन्तर्राष्ट्रिय एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सुरू गरेको हो । महाधिवेशन शनिबारदेखि सुरू भएको हो । यसपटक एकताको महाधिवेशन भएकाले सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।

सहमति नभएमा भौतिक उपस्थिति र अनलाइन भोटिङमार्फत आइतबार बेलुकादेखि नयाँ नेतृत्व चयन गर्न मतदान गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ । महाधिवेशनका लागि ४ हजार दुई सय ८६ प्रतिनिधि चयन छ । तर, उनीहरू सबै महाधिवेशनस्थलमा आइपुग्न नसकेको भन्दै अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउन पाउनेछन् ।

एकताको महाधिवेशनको लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भएको थियो । सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकले पाउने संविधा प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्तालाई नेपालसाग जोड्ने लगायतका विविध सत्रमा छलफल भएको छ ।

कान्तिपुर

Link copied successfully