एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत

एनआरएनएको सबै कार्यसमितिमा सहमति जुटेको निर्वाचन आयुक्त टीबी कार्कीले बताए ।

चैत्र १, २०८२

होम कार्की

Hemraj Sharma unanimously elected as NRNA president

काठमाडौँ — एनआरएनएको अध्यक्षमा सहमति जुटेको छ । सहमतिअनुसार अध्यक्ष हेमराज शर्मा चयन भएका छन् । अध्यक्ष पदका प्रत्यासी रविन बज्राचार्यले आइतबार साँझ पत्रकार सम्मेलन गरेर शर्मालाई समर्थन गरेका हुन् । उनले एकताको महाधिवेशन भएको र निर्वाचनमा जाँदा संघलाई आर्थिक भार पर्ने भएकोले अध्यक्षमा शर्मालाई समर्थन गरेको जानकारी गराए । 

अध्यक्षको दाबीबाट पछि हटेका बज्राचार्य उपाध्यक्ष पदमा रहन राजी भएका छन् । 

त्यस्तै यसअघि उम्मेदवारी फिर्ता लिएका रविन शेरचनलाई पनि उपाध्यक्ष पद दिइने भएको छ ।  

यससँगै एनआरएनएको सबै कार्यसमितिमा सहमति जुटेको निर्वाचन आयुक्त टीबी कार्कीले बताए । बाँकी पदहरुमा निर्वाचित भएकाहरुको नामावली सोमबार सार्वजनिक गर्ने समेत उनले बताए । 

एनआरएनएको १२ औं महाधिवेशन फागुन ३० मा काठमाडौंमा सुरु भएको हो ।  

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully