किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

मातृका यादवलाई सांसदको शपथ लिने बाटो खुल्यो

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Supreme Court does not issue interim order on Kishori Sah's writ petition

काठमाडौँ — सर्वोच्च अदालतले किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । धनुषा-१ मा रास्वपाबाट उम्मेदवारी दिए पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । 

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । योसँगै निर्वाचन आयोगले विजेताको प्रमाणपत्र दिएका नेकपाका मातृका यादवलाई सांसदको शपथ लिने बाटो खुलेको छ ।

धनुषा–१ मा आफ्नो उम्मेदवारी खारेज र नेकपाका यादवलाई विजयी घोषणा गरेपछि साह र यादवले दायर गरेका छुट्टाछुट्टै रिटलाई एकैठाउँ राखेर सुनुवाइ गरेको हो । 

Supreme Court does not issue interim order on Kishori Sah's writ petition

साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले मतदानको दुई दिनअघि उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि साह सर्वोच्च अदालत गएका थिए । समय अभावका कारण मतपत्रमा साहको चुनाव चिह्न राखेरै मतदान गराइएको थियो ।

मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार यादवलाई विजयी भएको प्रमाणपत्र दिएको थियो । त्यसविरुद्ध पनि साहले सर्वोच्चमा रिट दायर गरेका थिए ।

कान्तिपुर

Link copied successfully