गोरखा माइक्रो दुर्घटना: मृत्यु हुने सबै भारतीय नागरिक, मृतकको संख्या ७ पुग्यो

मृतक दुई महिला र पाँच पुरुष मनकामना दर्शन गर्न आएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

फाल्गुन ३०, २०८२

हरिराम उप्रेती

Gorkha micro accident: All the deceased are Indian citizens, death toll reaches 7

गोरखा — मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृतक दुई महिला र पाँच पुरुष मनकामना दर्शन गर्न आएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

गोरखाको सहिद लखन–३ कान्टारमा सडकबाट करिब डेढ सय मिटर तल खसेर बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।

माइक्रोमा मनकामना दर्शन गर्न आएका १४ जना तीर्थयात्री र चालक र सहचालक गरी १६ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए ।

घाइते ७ जनाको भने उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्‍याइएको छ ।

घटनाको विस्तृत विवरण आउनै बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully