नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

महासंघद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समिति संयोजक गेल्जे लामा शेर्पाले सो जानकारी दिएका हुन् ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

The 11th National Convention of the Federation of Indigenous Peoples of Nepal will be held in Chaitra.

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।

महासंघद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समिति संयोजक गेल्जे लामा शेर्पाले सो जानकारी दिएका हुन् । उनका अनुसार महाधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन समारोह हुने र चैत ६ गते स्वयम्भू स्टार ब्याङ्क्वेटमा बन्दसत्र सञ्चालन हुनेछ ।

'प्राकृतिक स्रोत जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामांकन गर' भन्ने महाधिवेशनको मूल नारा रहने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully