शुक्रबार बिहान विद्यालय परिसरबाट निस्किएको र्यालीमा विद्यार्थीहरूले ‘जस्टिस फर इनिशा’, ‘हत्यारालाई कडा कारबाही गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका छन्
वीरेन्द्रनगर — वीरेन्द्रनगरस्थित उषा बालवाटिका स्कुलकी कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिशा विकलाई न्यायको माग गर्दै सोही विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्।
शुक्रबार बिहान विद्यालय परिसरबाट निस्किएको र्यालीमा विद्यार्थीहरूले ‘जस्टिस फर इनिशा’, ‘हत्यारालाई कडा कारबाही गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा घर्ना दिएका हुन्।
विद्यार्थीहरूले इनिशाको मृत्यु शंकास्पद रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले केही समय विद्यालय अगाडि धर्ना दिएका थिए।
