न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीश सुवेदीले यसअघि एकल इजलासबाट सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेका कारण हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।
काठमाडौँ — धनुषा-१ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको पेशीमा परेपछि सरेको छ ।
न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीश सुवेदीले यसअघि एकल इजलासबाट सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेका कारण हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । अर्को पेशी आइतबारका लागि तोकिएको छ ।
उनले आफ्नो उम्मेदवारी खारेजविरुद्ध निर्वाचन आयोगलाई विपक्षी बनाएर फागुन १९ गते दायर गरेको रिटमा शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको थियो । यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो ।
यस्तै बिहीबार साहले नै कर्जा सूचना केन्द्रलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै सबै मुद्दा साथै राखेर सुनुवाइ गर्न आदेश गरेको थियो ।
