एमाले अध्यक्ष ओलीका बुवाको अन्त्येष्टि

उपचारका क्रममा शुक्रबार बिहान मोहनप्रसाद ओलीको निधन भएको हो ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

Funeral of UML Chairman Oli's father

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ थिए । 

गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुर्‍याइएको थियो ।

Funeral of UML Chairman Oli's father

उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आएका थिए । 

Funeral of UML Chairman Oli's father

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा उनको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उनी झापा फर्किएका थिएनन् । 

कान्तिपुर

Link copied successfully