इनिसा बिक हत्या प्रकरण : थप अनुसन्धान गर्न सिआइबीको टोली सुर्खेतमा

प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी उपरीक सुधिरराज शाहीले बताए ।

फाल्गुन २८, २०८२

ज्योति कटुवाल

Inisha Bik murder case: CIB team in Surkhet for further investigation

सुर्खेत — बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ । 

सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ ।

प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी उपरीक सुधिरराज शाहीले बताए ।

‘पोस्टमार्टम रिर्पोर्ट आइसकेको छ ।  फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवैजनाको मोबाइल लगायत विद्युतिय सामाग्रीहरु अनुसन्धानकालागि पठाएका छौं,’ उनले भने, ‘केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परिक्षणका लागि  पठाएका छौं। त्यो रिर्पोट आउनसाथ हामी इनिसाको हत्याको अन्तिम निकर्षमा पुग्छौं ।’

उपरीक्षक शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा  विज्ञ टोली गठनसंगै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ गर्ने टोली पनि पुगेको छ ।

'पोलियाग्राफीले मानिसले झुटो बोलेको पत्ता लागउने छ, प्रहरी मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरु प्रयोगशालामा पठाएको छ,' शाहीले भने, 'पोस्टमार्टम रिपोर्ट पोलियाग्राफी, कल डिटेल्स लगायत किशोर र किशोरीबीच भएका सम्पूर्ण विद्युतीय प्रमाण प्रहरीले अनुसन्धान गरिरहेको छ ।'

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully