कांग्रेस उम्मेदवार पोख्रेलको चुनावी खर्च २४ लाख

नेपाली कांग्रेस प्युठानका उम्मेदवार डा. गोविन्दराज पोख्रेलले प्रतिनिधि सभा निर्वाचनमा खर्च भएको २४ लाख ८० हजार २१५ रुपैयाँ सार्वजनिक रूपमा विवरण प्रस्तुत गरेका छन्।

फाल्गुन २७, २०८२

शमशेरविक्रम जीसी

Congress candidate Pokhrel's election expenses: Rs. 2.4 million

काठमाडौँ — नेपाली कांग्रेस प्युठानका तर्फबाट उम्मेदवार भएका डा. गोविन्दराज पोख्रेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार भएका पोख्रेलले निर्वाचन कार्यालय प्युठानलाई निर्वाचनमा खर्च भएको रकमको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

पोख्रेलका अनुसार निर्वाचनमा २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च भएको छ ।

पोख्रेलले निर्वाचन कार्यालयमा बुझाएको पत्र अनुसार २ वटा सवारी २५ दिनसम्म सञ्चालन गरेबापत ३ लाख ७५ हजार, हवाई खर्च ४ पटकको दुई जनाको ८० हजार, २६० जनालाई मतदाता प्रशिक्षण पालिकास्तरमा १ लाख ७५ हजार, ६४ वडामा प्रचारप्रसार ९ लाख ६० हजार, सम्पर्क कार्यालय खर्च जुम्री र ६४ वडामा ६ लाख ४० हजार, प्रचारप्रसार सामग्रीमा २ लाख ४० हजार र मनोनयन दर्ता गर्दा १० हजार गरी कुल २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च भएको घोषणा गरेका छन् ।

पोख्रेलले नेपाल इन्भेस्टमेन्ट बैंक बिजुवारमा खाता खोली निर्वाचन खर्च त्यसैअनुसार गरेको बताएका छन् ।

Congress candidate Pokhrel's election expenses: Rs. 2.4 million

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully