समानुपातिकतर्फ ५ लाख मत गणना गर्न बाँकी रहँदा कसले कति पाए? 

अब ५ लाख मत गणना हुन बाँकी छ । निर्वाचन आयोगका अनुसार १ करोड ९ लाख मत समानुपातिकतर्फ खसेको थियो ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

With 500,000 votes left to be counted in the proportional representation, who got how much?

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको गणना जारी छ ।  विहान १० : ३० सम्म १ करोड ४ लाख मत गणना भएको छ । अब पाँच लाख मत गन्न बाँकी छ । 

१ करोड ४  लाख १२ हजार २ सय २९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४७‍‌.९९ प्रतिशत मत पाएको छ । यो दोस्रोमा रहेको नेपाली कांग्रेसभन्दा तेब्बर बढी मत हो । अब ५ लाख मत गणना हुन बाँकी छ । निर्वाचन आयोगका अनुसार १ करोड ९ लाख मत समानुपातिकतर्फ खसेको थियो । 

झन्डै ५० लाख मत पाइसकेको रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाल कम्युनिस्ट पार्टी चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं र श्रम संस्कृति पार्टी छैटौं स्थानमा रहेर थ्रेसहोल्ड पार गर्दै सिट पाउने दल हुने देखिन्छ । 

समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत (थ्रेसहोल्ड) कटाएपछि मात्र समानुपातिक मत प्रणालीबाट सीट पाउँछन् । 

कसले कति सिट थप्ने सम्भावना छ ?

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले ५५ -५८ सिट थप्ने सम्भावना छ । 

प्रत्यक्षमा १८ सिट जितेर दोस्रो भएको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७-१९ सिट पाउने सम्भावना छ । 

यसैगरी प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ एमालेले समानुपातिक मतबाट १६ सिट थप्ने सम्भावना छ । 

प्रत्यक्षमा ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले ९ सिट पाउने सम्भावना छ ।

चार महिना अघि मात्रै स्थापना भएर पनि प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले ४ सिट थप्ने सम्भावना छ ।

यसैगरी प्रत्यक्षमा एक सिट जितेको राप्रपाले समानुपातिकमा ४ सिट थप पाउने सम्भावना देखिएको छ ।

कान्तिपुर

Link copied successfully