आजको मौसम : दिनभर बादल, एकदुई स्थानमा हल्का वर्षा र हिमपात

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Today's weather: Cloudy throughout the day, light rain and snowfall in one or two places

काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कान्तिपुर

Link copied successfully