सरकारी सम्पत्तिको नाममा यही एउटा रातो पासपोर्ट थियो, त्यो पनि फिर्ता गर्दैछु : अर्थमन्त्री खनाल
काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले ‘रातो पासपोर्ट’ फिर्ता गरेका छन् । अर्थमन्त्री खनालले मंगलबार आफ्नो सामाजिक सञ्जाल (फेसबुक)मार्फत ‘रातो पासपोर्ट’ फिर्ता गरेको जानकारी दिएका छन् ।
‘सरकारी सम्पत्तिको नाममा यही एउटा रातो पासपोर्ट थियो, त्यो पनि फिर्ता गर्दैछु,’ खनालले फेसबुक वालमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु, राहदानी यसैसाथ संलग्न राखी अनुरोध गरेको छु ।’
