रवि र बालेन्द्रसँग भारतीय प्रधानमन्त्री मोदीको फोन वार्ता: सानदार जितका लागि दिए बधाई

फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दुवै नेता र रास्वपाको सानदार जित भएकोमा बधाई दिएको उनले सोमबार साँझ सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन् ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Indian Prime Minister Modi's phone conversation with Ravi and Balendra: Congratulations on the resounding victory

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग फोन वार्ता गरेको जानकारी दिएका छन् ।

फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दुवै नेता र रास्वपाको सानदार जित भएकोमा बधाई दिएको उनले सोमबार साँझ सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन् । उनले नयाँ सरकार र नेपाल-भारतबीचको परस्पर हित र समृद्धिका लागि सहकार्यका लागि शुभकामना दिएको समेत उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- 'म हाम्रा साझा प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु ।'

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ जारी मतगणनामा पनि अत्यधिक मत पाइरहेकाले बहुमतसहितको सरकार बनाउने स्पष्ट भइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको गणना मंगलबारसम्म सकिने जनाएको छ । 

कान्तिपुर

Link copied successfully