खाडीमा कार्यरत ५१ हजार नेपालीले आफ्नो विवरण दर्ता गरे : परराष्ट्र  

खाडीमा युद्धमा भएपछि यूएईबाट आंशिक रूपमा नेपालमा उडान भइरहेको छ । कतारबाट भने रोकिएको छ ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

51,000 Nepalis working in the Gulf registered their details: Ministry of Foreign Affairs

काठमाडौँ — परराष्ट्र मन्त्रालयका अनुसार दर्ता गरेका नेपालीको वास्तविक अवस्था पहिचान भएको छ । ‘अनलाइनमा आफ्नो अवस्था राखेको आधारमा हामीले को नेपाली सुरक्षित र असुरक्षित भनेर पहिचान गरेका छौं । जसले असुरक्षित भनेर विवरण राखेको छ उसलाई दूतावासमार्फत बुझ्ने काम हुन्छ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कान्तिपुरसँग भने,‘एकदमै असुरक्षित भएको पहिचान भएमा प्राथमिकताको आधारमा उद्धार प्रक्रिया अगाडि बढाइनेछ ।’

उनले आपत् परेका नेपालीलाई रोजगारदातासग समेत समन्वय गर्ने काम गरिने बताए । ‘खाडी रहेका सबै नेपालीलाई आफ्नो अवस्थाको बारेमा जानकारी दिन अनलाइन फाराम भर्न आग्रह गरेका छौं,’ उनले भने ।

खाडीमा युद्धमा भएपछि यूएईबाट आंशिक रूपमा नेपालमा उडान भइरहेको छ । कतारबाट भने रोकिएको छ । परराष्ट्रले श्रमिकको हक, हित तथा सुरक्षाको सुनिश्चितताका लागि सम्बन्धित मुलुकहरू, अन्तर्राष्ट्रिय संघसंस्था लगायतसाग समन्वय सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको जनाएको छ ।

कुवेतमा ट्रान्जिटमा रहेका ५० जना नेपाली यात्रुलाई खानपान र बसोबासको व्यवस्था नभएपछि नेपाली राजदूतावास, कुवेत सिटीले गैरआवासीय नेपाली संघ र स्थानीय नेपाली समुदायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाएको छ ।

कान्तिपुर

Link copied successfully