उदयपुर-२ मा रास्वपाले लियो अग्रता

रास्वपाका उम्मेदवार सुर्य लामा ४ हजार २८७ मत सहित अहिले अग्रस्थानमा

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

RSP takes lead in Udayapur-2

काठमाडौँ — उदयपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यस अघिसम्म चौथो, तेस्रो, दोस्रो स्थान हुँदै रास्वपाका उम्मेदवार सुर्य लामाले ४ हजार २८७ मत सहित अहिले अग्रता लिएका हुन् ।

उनलाई एमालेका अम्बर रायमाझीले ३ हजार ३६५६ मतका साथ पछ्याइरहेका छन् ।  

तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका सुरेशकुमार राइले २ हजार ४६७ मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीका बलराज राइले २ हजार १२० मत पाएका छन् ।

नेपाली काङ्ग्रेसका उम्मेदवार २ हजार ५९ मत सहित चौथो स्थानमा छन् । उदयपुर निर्वाचन क्षेत्र २ अन्तर्गत लिम्चुङबुङ, ताप्लि र रौतामाइ गाउँपालिकाको मतगणना सकिएको र हाल उदयपुरगढी गाउँपालिकाको गणना भइरहेको निर्वाचन अधिकृत लोकबहादुर कटुवालले बताए ।

उनका अनुसार कटारी नगरपालिकाको मतगणना सुरु हुन बाँकी छ ।

कान्तिपुर

Link copied successfully