रास्वपाका शुसान्त बैदिकले १३ हजार ७३१ मत ल्याएका छन् ।
प्यूठान — प्यूठानको प्रारम्भिक मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ । ६ वटा पालिकाको मतगणना सम्पन्न हुँदासम्म रास्वपाका शुसान्त बैदिकले १३ हजार ७३१, नेपाली कांग्रेसका डा गोविन्दराज पोख्रेलले ११ हजार ४९३ मत ल्याएका छन् ।
त्यस्तै एमालेका सुर्य बहादुर थापा क्षेत्री १० हजार २७५, नेपाली कम्यूनिष्ट पार्टिका कृष्णध्वज खडका ४५९१, राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसी २८५२ मत ल्याएका छन् ।
