रास्वपाका रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याउदै जित हात पारे
काठमाडौँ —
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पराजित भएका छन् । उनलाई रास्वपाका रुकेश रन्जितले पराजित गरेका हुन् ।
शुरुवातदेखि अग्रता लिएका रास्वपाका रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याउदै जित हात पारे भने सुवालले २८ हजार १ सय ४७ मत मात्र ल्याए ।
सुवाल उक्त क्षेत्रवाट लगातार जित हात पार्दै आएका थिए । २०७९ सालको निर्वाचनमा सुवालले ३० हजार मतान्तरले निर्वाचन जितेका थिए ।
