रौतहट-४ मा रास्वपाका गणेश पौडेल विजयी 

रौतहट-४ मा कांग्रेसका देवप्रसाद तिमल्सिनाले ०७४ र ०७९ मा जितेका थिए ।

फाल्गुन २३, २०८२

शिव पुरी

Ganesh Poudel of Rashtriya Swayamsevak Sangh (RSS) wins in Rautahat-4

रौतहट — रौतहट-४ मा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनालाई ह्याटिक हुनबाट रोकेका छन् ।  पौडेलले ३६ हजार ८७६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तिमल्सिनाले १५ हजार ८६५ मत पाए । नेपाली कम्युनिस्ट पार्टीको रामकुमार भट्टराईले ९ हजार ७७८ मत मै चित्त बुझाउनु पर्यो । पत्रकारिता क्षेत्रबाट उम्मेदवार बनेका ऋषि धमलाले जमानत जोगाउन सकेनन् । धमलाले ६५५ मत पाए । 

यो क्षेत्रमा कांग्रेसका तिमल्सिनाले ०७४ र ०७९ मा जितेका थिए । अहिले कांग्रेसको विरासत पौडेलले मतबाट खोसेका छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully