पूर्वशिक्षामन्त्री महावीर पुन ३ हजारभन्दा बढी मतले अगाडि

महावीर पुन निकटतम प्रतिस्पर्धीभन्दा ३ हजार ४ सय ३७ मतले अगाडि छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Former Education Minister Mahabir Pun leads by over 3,000 votes

काठमाडौं — म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुन निकटतम प्रतिस्पर्धीभन्दा ३ हजार ४ सय ३७ मतले अगाडि छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार हालसम्म पुनले ५ हजार ५ सय ८ मत पाएका छन् ।

एमालेका हरिकृष्ण श्रेष्ठ २ हजार ७१ मतका साथ उनलाई पछ्याइरहेका छन् । प्रतिस्पर्धाको तेस्रो स्थानमा भने नेकपाका अर्जुनबहादुर थापा छन् । उनले अहिलेसम्म १ हजार ६ सय ५६ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले भने १ हजार ४ सय ९७ मत मात्र प्राप्त गरेका छन् । पूर्वमन्त्री पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गरेको छ । पुन जेन-जी आन्दोलनपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए । मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ताकै दिन ६ माघमा म्याग्दी पुगेका थिए ।

कान्तिपुर

Link copied successfully