रास्वपा उपसभापतिसमेत रहेका अर्यालले १ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।
काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचन काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डोलप्रसाद अर्यालले सुरुवातमा झण्डै १३ सय मतले अग्रता लिएका छन् ।
रास्वपा उपसभापतिसमेत रहेका अर्यालले १ हजार ५ सय ५० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले २५९ मत प्राप्त गरेकी छिन् ।
यस्तै एमालेका अजयक्रान्ति शाक्यले १५१ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका राधाकृष्ण महर्जनको २२ मत रहेको छ ।
